इजरायलकाे रोजगारीमा जानेलाई स्वास्थ्य परीक्षण र प्रहरी चारित्रिक प्रमाण पेस गर्न आग्रह

 कात्तिक २९, २०७८ सोमबार ११:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलको रोजगारीमा जानको लागि छनौट भएका श्रमिकलाई स्वास्थ्य परीक्षण तथा प्रहरी चारित्रिक प्रमाणपत्र पेस गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको लागि परीक्षा दिएर गोलाप्रथाद्वारा अन्तिमपटक छनौट भएका उम्मेद्वारहरुलाई प्रमाणपत्र पेश गर्न आग्रह गर्दै सूचना प्रकाशन गरेको हो ।

प्रहरी चारित्रिक प्रमाणपत्रको लागि https://oper.nepalpolice.gov.np मार्फत अनलाइन आवेदन गर्न आग्रह गरिएको छ । आवेदनपछि प्राप्त प्रमाण वैदेशिक रोजगार विभागको इमेल [email protected] मा मंसिर पाँच गतेभित्र पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

यस्तै स्वास्थ्य परीक्षण प्रमाणको लागि ललितपुरका स्टार र नेपाल मेडिसिटी हस्पिटल र काठमाण्डौका ह्याम्स र मनमोहन मेडिकल कलेजमा सम्पर्क गर्न आग्रह गरिएको छ । विभागका अनुसार स्वास्थ्य परीक्षण कात्तिक २९ देखि मंसिर ५ गतेभित्र गरिसक्नुपर्नेछ । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Gita Rai

    Nov. 15, 2021, 9:10 p.m.

    बाँकीको लागि कहिले सूचना आउँछ ? जानकारी पाउन सकिन्छ ??

  •  0 Reply

तपाईको प्रतिक्रिया