गाडी दुर्घटना र कोरोनाका कारण इजरायलमा दुई जना नेपालीको ज्यान गयो

 कात्तिक २९, २०७८ सोमबार १८:०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालीहरुको रोजगार गन्तव्य देश इजरायलमा गाडी दुर्घटना र कोरोनाका कारण दुई जना नेपालीको ज्यान गएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहनुभएका झापाका रमेशकुमार विश्वकर्माको कोरोनाका कारण र सुनसरीका लालबहादुर विष्टको सडक दुर्घटनामा परेर ज्यान गएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ । यस्तै परिवारको स्वीकृतिमा रमेशकुमारको शव केही अघि इजरायलमै अन्त्येष्टि भइसकेको र लालबहादुरको शव हिजो नेपाल पुर्याइएको पनि दूतावासले जनाएकाे छ ।

दूतावासका अनुसार रमेश विश्वकर्माले कोरोनाको खोप लिनुभएको थिएन । कोरोना खोप लगाउनेहरुमा मृत्युदर निकै कम हुने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेकाले अहिलेसम्म खोप नलगाएका इजरायल तथा साइप्रसमा बस्ने सबै नेपालीलाई खोप लाउन दूतावासले आग्रह गरेको छ ।

यस्तै सडक दुर्घटनाका कारण अकालमा ज्यान गुमाउने नेपालीहरुको संख्या निरन्तर बढ्दै गएको भन्दै सडक सुरक्षामा पनि ध्यान दिन दूतावासको आग्रह छ ।
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया