ऐतिहासिक कात्तिक नाचको आज मुख्य दिन, नृसिंह अवतारको नाच देखाइने

 मंसिर १, २०७८ बुधबार ७:१६:५२ | सिल्भिया राजोपाध्याय
unn.prixa.net

काठमाण्डाै – ललितपुरमा जारी ऐतिहासिक कात्तिक नाचको मुख्य आर्कषण नृसिहं अवतारको नाच देखाएर आज सकिँदैछ । आज बेलुकी ७ बजेपछि मंगलबजारको कात्तिक डबलीमा नृसिंह अवतारको नाच प्रदर्शन गरिने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताउनु भयो ।

आजको नाचमा नारायणको अवतार नृसिंहले हिरण्यकशिपुलाई बध गरेको पौराणिक कथा प्रस्तुत गरिनेछ । नाचमा नृसिंह भएर राजोपाध्याय समुदायको कलाकारले खेल्ने गर्दछन् भनेर हिरयण्कशिपु भएर चित्रकार समुदायको कलाकारले खेल्ने चलन छ । यो नाच तान्त्रिक शक्तिमा आधारित नाच भएकोले नाचमा खेल्ने कलाकारहरुले  भोकै बस्नु पर्ने लगायतका नियम पालना गर्नु पर्ने चित्रकारले बताउनु भयो ।

नाचमा हिरण्यकशिपु भएर खेल्ने कलाकारलाई नृसिहंले काखमा राखेर नङ्गले कोपरेर बध गरेपछि तलेजुका पुजारीले जल अभिषेक गरेर ब्युँताउने परम्परा छ । तान्त्रिक नाच भएकोले आजका दिन मंगलबजारमा नाच हेर्न आउने दर्शकहरुको भीड हुने गर्दछ । यसपाली ८ दिन मात्र सञ्चालन गर्ने गरी गएको कात्तिक २४ गतेदेखि शुरु भएको कात्तिक नाच आज नृसिहं अवतारको नाचसँगै सकिनेछ ।

हिजो बराह अवतारको नाच देखाइएको थियो ।  नेपालको इतिहासमा सबैभन्दा  लामो समयदेखि निरन्तर रुपमा सञ्चालन भएको यो नाच नेपाल सम्वत् ७६१ मा राजा सिद्धिनरसिंह मल्लले शुरु गर्नु भएको हो । यस वर्ष यो नाच सञ्चालन भएको तीन सय ८१ वर्ष लागेको छ ।   
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिल्भिया राजोपाध्याय

सिल्भिया राजोपाध्याय उज्यालोमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया