चीनले फेरि पनि आफ्नो भूमि मिचेर संरचना बनाएको भारतको दाबी

 मंसिर २, २०७८ बिहिबार १८:७:५७ | एजेन्सी
unn.prixa.net

स्याटलाइटबाट देखिएकाे दृश्य

काठमाण्डाै – चीनले अरुणाचल प्रदेश नजिकैको सीमा क्षेत्रमा ठूला–ठूला भवनहरूको नयाँ संरचना बनाएको भारतले दाबी गरेको छ ।

स्याटलाइटबाट हेर्दा भारत र चीनको सीमा क्षेत्र नजिकै चीनले ६० वटा घर भएको एउटा नयाँ एन्क्लेभ बनाएको देखिएको भारतीय सञ्चार माध्यम एनडीटीभी ले दाबी गरेको छ । सन् २०१९ को स्याटलाइट तस्बिरमा खाली देखिएको ठाउँमा अहिले चीनले ६० वटा ठूला–ठूला घर बनाएको देखिएको खबरमा उल्लेख छ ।

गएको वर्ष पनि एनडीटीभीले सीमा क्षेत्रमा गरेको अध्ययनलाई अमेरिकाको पेन्टागनले पुष्टि गरेपछि भारतले चीनको कदमको निन्दा गरेको थियो । अहिले चीनले बनाएको संरचना वास्तविक नियन्त्रण रेखा एलएसी बाट ६ किलोमिटर भारततर्फ पर्ने खबरमा उल्लेख छ ।

पेन्टागनको वार्षिक प्रतिवेदनमा चीनले यस क्षेत्रमा सेनाको चौकी पनि बनाएको उल्लेख गरिएको भारतीय सञ्चार माध्यम आजतक जे जनाएको छ । 

भारत र चीनबीच एलएसी मा तनाव कम भइसकेको छैन । दुई देशका सेनाबीच गएको वर्षको मे ५ मा तनाव सुरु भएको थियो । दुई देशबीच विभिन्न चरणका वार्ता भइसकेको छ र केही क्षेत्रबाट दुवै देशका सेना पछि हट्ने सहमति भइसकेको छ । यद्यपि एलएसीमा दुवै देशका सेना तैनाथ छन् । 

यस विषयमा भारतीय सेनाले अध्ययन गर्ने जनाएको छ । चीनले भने भारतीय भूमि या विवादित क्षेत्रमा कुनै पनि संरचना नबनाएको दाबी गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया