कर्णालीका मुख्यमन्त्री शाहीले मङ्सिर १४ गते विश्वासकाे मत लिने

 मंसिर ३, २०७८ शुक्रबार १३:५१:१९ | मुना हमाल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिनुहुने भएको छ । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मङ्सिर १४ गते दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्नुभएको छ ।   

नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागि संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेश सभाको बैठक मङ्सिर १४ गते दिउँसो १ बजेका लागि आह्वान गरिन्छ, प्रदेश सभा सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । शाही गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया