सुर्खेतमा विद्यालय बन्द गरेर दलको चुनाव

 मंसिर ७, २०७८ मंगलबार १३:५७:३८ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको चुनाव गरिएको छ । पञ्चपुरी नगरपालिका वडा नं ५ बावियाचौरमा रहेको विद्या ज्योति माविमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको चुनाव गरिएको हो । 

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, तथा दलगत राजनीतिक तथा अन्य सभा सम्मेलन गर्न नपाइने र दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ । तर त्याे निर्देशिकालाई बेवास्ता गर्दै सुर्खेतमा दलको चुनाव गरिएको हो । 

विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटाले स्थानीय बिदा भएकाले त्यही समयमा चुनाव भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय बिदा थियो । पढाइ नै बन्द भएको होइन । बिदाको समयमा कार्यक्रम भएको हो । स्कुलले पनि स्थानीय बिदा दिन पाउने अधिकार छ नि ! फेरि मेयरसाबले नै गर्नुपर्छ भनेपछि हाम्रो के लाग्छ र ?’  

नगरपालिकाले स्थानीय बिदा दिएर विद्यालयमा राजनीतिक दलको चुनाव गरेपछि विरोध भएको छ । नेकपा माओवादी केन्द्र पञ्चपुरीले प्रेस विज्ञप्ति नै निकालेर गम्भीर ध्यानाकर्षण जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया