माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज टंकमणिको दुर्घटनामा ज्यान गयो

 मंसिर ८, २०७८ बुधबार ८:४५:१ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – माओवादी केन्द्र रुपन्देहीका इञ्चार्ज रामप्रसाद बञ्जाडे टंकमणिको दुर्घटनामा ज्यान भएको छ । दाङ्गको भालुवाङ्गमा भएको कार्यक्रम सकेर गएराति बुटवल फर्कदै गर्दा उहाँ चढेकाे  लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ७ ख ९०६ नम्बरको बसले जितगढीमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते हुनुभएका ५५ वर्षीय बञ्जाडेको बिहान लुम्बिनी सिटी अस्पतालमा निधन भएको माओवादी केन्द्र बुटवलका संयोजक पुष्पराज ढकालले जानकारी दिनुभयो । बञ्जाडे माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । मोटरसाइकल चालक पाल्पा रामपुरका जीतबहादुर थापाको बुटवलको मेडिसिटी अस्पतालमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो ।  
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया