काेराेनाकाे नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र गतिमा फैलिँदै

 मंसिर १३, २०७८ सोमबार ६:४३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिएको पाइएको छ।

नेदरल्यान्ड्स, जर्मनी, इटली, बेल्जियम, इजरायल, हङकङलगायत देशमा ओमिक्रोन भेरियन्ट भेटिएको छ । यो भेरियन्ट डेल्टा भेरियन्ट भन्दा दुई गुणा खतरनाक भएको विज्ञले बताउँदै आएका छन् । ओमिक्रोन भेरियन्ट पाइएपछि दक्षिण अफ्रिकी देशमाथि यात्रा प्रतिबन्ध लगाउने देशको सङ्ख्या पनि बढ्दै गएको छ ।

न्युजिल्यान्ड, थाइल्यान्ड, सिङ्गापुर, माल्दिभ्स, श्रीलङ्का, साउदी अरेबिया, ब्राजिल, क्यानडा, इजरायल, जापान, युरोपेली सङ्घ, अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशले दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाएका छन् ।

ओमिक्राेन भेरियन्टको असर कम गर्न बेलायतले कोराना विरुद्धको बुस्टर डोजलाई प्राथमिकता दिनु पर्नेमा जाेड दिएको छ । यस्तै, बेलायतका स्वास्थ्यमन्त्रीले सार्वजनिक  मास्कलाई समेत अनिवार्य गरिएको बताएका छन् ।

यस्तै, अस्ट्रेलियाले अफ्रिकी देशबाट आउने यात्रुलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ । इजरायलले अन्य देशबाट आउने यात्रुलाई दुई हप्तासम्म प्रतिबन्ध लगाएको छ भने बाहिरी देशबाट आउने आफ्ना नागरिकलाई अनिवार्य क्वरेण्टीनमा बस्न भनेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया