तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयाेग गरेकाे आराेपमा ४ जना पक्राउ

 मंसिर १३, २०७८ सोमबार २०:३८:१३ | सुवास दर्नाल
unn.prixa.net

प्रतिकात्मक तस्बिर

साेलुखुम्बु – सोलुखुम्बुमा तिब्बती नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा चार जना प्रक्राउ परेका छन् । अन्य देशका नागरिकलाई नेपाली नागरिकता बनाइदिन सहयोग गरेको आरोपमा सोलु दूधकुण्ड नगरपालिका २ बेनीका चार जना पक्राउ परेका सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रक्राउ पर्नेमा नागरिकता लिने २४ वर्षीया डोल्मा शेर्पा, नक्कली आमा बन्ने ५१ वर्षीया ङमाङ सोनाम सेराप, नक्कली काका बनेका ३७ वर्षीय मिङमार ग्याल्जेन शेर्पा र साक्षी बसेका ४७ वर्षीय छोङ नुर्बु शेर्पा रहेका छन् । उनीहरूलाई चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार उनीहरू सोलु दूधकुण्ड नगरपालिका–२ बेनीबाट प्रक्रिया पूरा गरी नागरिकता लिन मङ्सिर १० गते जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु आएका थिए । त्यही समयमा शङ्का लागेर अनुसन्धान गर्दा नागरिकता लिने व्यक्ति तिब्बती नागरिक रहेको खुल्न आएपछि त्यही दिन उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया