कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत, राप्रपाले पनि समर्थन गर्‍याे

 मंसिर १५, २०७८ बुधबार १६:२३:४३ | मुना हमाल
unn.prixa.net

सुर्खेत – मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको आज बुधवार बसेको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाउनुभएको हो । 

मुख्यमन्त्री शाहीले राखेको विश्वासको मतको पक्षमा २२ सांसदले मत दिएका छन् । मुख्यमन्त्री शाहीलाई राप्रपाले पनि विश्वासको मत दिएको छ । पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन नगरेको राप्रपाले अहिले कांग्रेस नेतृत्वको सरकारलाई भने समर्थन गरेकाे हाे । 

शाहीलाई माओवादी केन्द्र का १२, कांग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले विश्वासको मत दिएका हुन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) तीन दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री शाही गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

अहिले ३५ सदस्यीय कर्णाली प्रदेश सभामा एमालेका १३, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सदस्य रहेका छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया