कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता

 मंसिर १७, २०७८ शुक्रबार ८:५९:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ ।

अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ ।

यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागू गरिएको बीबीसीले जनाएको छ । साथै राष्ट्रपति बाइडेनले स्वास्थ्यका मापदण्ड र खोपसम्बन्धी यसअघिका नियम पालना गर्न आग्रह गर्नुभएको छ ।

न्युयोर्कमा पाँच तथा मिनेसोटा, कोलोराडो र क्यालिफोर्नियामा अहिलेसम्म एक/एक जनामा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्यका अधिकारीले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षण देखिएको बताएका छन् । यस्तै दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट फेला परेपछि उच्च सतर्कता अपनाउन थालिएको छ ।

सङ्क्रमण पुष्टि भएका ६६ र ४६ वर्षका ती दुई पुरुषलाई निगरानीमा राखिएको छ । बुधवारदेखि नै लागू हुनेगरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बङ्ग्लादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गर्न थालेको छ । ती देशबाट भारत आउने यात्रुको परीक्षण गर्ने र नतिजा नआएसम्म उनीहरूलाई विमानस्थलबाहिर जान दिइने छैन ।

कोभिड पुष्टि नहुनेले सात दिन घरमा क्वरेण्टीन बस्नुपर्ने र आठौँ दिन फेरि परीक्षण गर्नुपर्ने नियम छ । विश्व स्वास्थ्य सङ्गठनले अघिल्लो हप्ता नयाँ भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’ का रूपमा वर्गीकरण गरेको थियो।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया