कोरोना विरुद्धको दुई करोड खोपकाे मात्रा माैज्दात छ : स्वास्थ्य मन्त्री खतिवडा

 मंसिर १८, २०७८ शनिबार २१:२७:२२ | रासस
unn.prixa.net

फाइल तस्बिर

काभ्रेपलाञ्चोक - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोककाे रोशी गाउँपालिका–६ नेकपा (एकीकृत समाजवादी) काे वडा भेलालाई आज सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गर्नुभएको हो । 

उहाँले दोस्रो मात्रा लगाइसकेका सबैलाई  तेस्रो खोप लगाउन आग्रह गर्नुभयो । 

मन्त्री खतिवडाले नेपालमा कोरोना सङ्क्रमणको तेस्रो लहरको जोखिम बढिरहेका बेला तेस्रो खोप लगाउन अनिवार्य भइसकेको बताउनुभयो । 

'कोरोनाको तेस्रो लहरको जोखिम बढिसक्यो, स्वास्थ्य मापदण्ड कायमै राख्नुस्, अनि खोप अनिवार्य लगाउनुहोला'उहाँले भन्नुभयो ।

मन्त्री खतिवडाले अहिलेसम्म ६ हजार केन्द्रबाट खोप लगाउने काम भइरहेको उल्लेख गर्दै आउँदाे पुस १ गतेदेखि १९ हजार केन्द्रमा खोपको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, 'खोप जत्ति पनि उपलब्ध भएकाले लगाउन स्वास्थ्य केन्द्र जान सबैमा आग्रह गर्छु ।'

 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया