बैतडीमा भारतबाट फर्किनेहरु सात दिन क्वरेण्टीनमा बस्नुपर्ने

 मंसिर २०, २०७८ सोमबार १२:०:२८ | रासस
unn.prixa.net

बैतडी - भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वरेण्टीनमा राखिने भएको छ ।

भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्केकालाई अनिवार्य क्वरेण्टीनमा बस्नुपर्ने भएको हो । 

कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भनेर भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वरेण्टीनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनभयो ।

भारतबाट फर्केका नागरिकलाई होम क्वरेण्टीनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न पालिकालाई पत्राचारसमेत गरिएको छ । उहाँले भन्नुभयो, 'भारतबाट फर्किनेको  सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरुलाई अनिवार्य रुपमा क्वरेण्टीनमा बस्न भनेका छौँ ।'

झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य सुरु गरिएको छ । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।  

यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । 

झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरुले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानु पर्ने भएको छ । 

कोरोनाविरुद्धको खोपकाे दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ । पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ ।

दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतीय प्रशासनले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया