बेलायतमा ‘ओमिक्रोन’ समुदायस्तरमा फैलियो : एकैदिन ९० जनामा सङ्क्रमण पुष्टि

 मंसिर २१, २०७८ मंगलबार १२:४१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा स्तरमा फैलिएको पाइएको छ । त्यहाँ एकैदिन हिजो ९० जना सङ्क्रमित भेटिएका हुन् । यीमध्ये ६४ जनामा बेलायत, २३ स्कटल्यान्ड र ३ वेल्सका रहेका छन् । बेलायतमा अब ओमिक्रोन सङ्क्रमितको सङ्ख्या ३३६ पुगेको छ ।

बेलायती संसदमा सम्बोधन गर्दै स्वास्थ्यमन्त्री साजिद जाविदले ३ सय ३६ जना ओमिक्रोनबाट सङ्क्रमित पुष्टि भइसकेको जानकारी दिनुभयो । साथै उहाँले बेलैमा सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न नसके त्यसले भयावह अवस्था ल्याउने समेत बताउनुभएको छ ।

नयाँ सङ्क्रमित अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नभएको पनि उहाँले पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ । बेलायतले 'ओमिक्रोन’ नियन्त्रणका लागि केही देशमा यात्रा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध निरन्तर रहेको बेलायतका स्वास्थ्यमन्त्री जाविदले बताउनुभएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया