भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

 मंसिर २३, २०७८ बिहिबार ८:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले ६० वर्षमाथिका भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिने तयारी गरेको छ ।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा भेरोसेलको दुई मात्रा खोप लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यस्तै, आज अमेरिकाबाट मोडर्ना खोप आउँदैछ । झण्डै १५ लाख मात्रा मोर्डना खोप नेपाल आउन लागेको हो ।

मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । गएको शुक्रवार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल आइपुगेको थियो । यसअघि १२ वर्षदेखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप दिइएको थियो ।

नेपालमा खोप अभियान सुरु भएदेखि अहिलेसम्म ८८ लाख ६९ हजार ६७ जनाले पूर्ण मात्रा र एक करोड ६ लाख ९९ हजार जनाभन्दा धेरैले कम्तीमा एक मात्रा खोप लगाएका छन् । अहिलेसम्म कुल एक करोड ९५ लाख ६८ हजार तीन सय मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले आउँदो चैतभित्र खोप योग्य सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिइसक्ने योजना बनाएर खोप आयात र लगाउने काम गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया