ओमिक्रोनबाट बच्न कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनु पर्ने

 मंसिर २५, २०७८ शनिबार ८:१३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ओमिक्रोन भाइरसबाट बच्नका लागि कोरोना विरुद्धको खोपको तेस्रो मात्रा लगाउनुपर्ने वैज्ञानिकले बताएका छन् ।  

कोरोना भाइरसविरुद्धको खोप दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले बताएका हुन् ।

बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्टा भेरियन्टलाई लिएर गरेको प्रारम्भिक विश्लेषणमा ओमिक्रोन भेरियन्टको सङ्क्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो। तर बुस्टर अर्थात तेस्रो मात्राको खोप लगाउँदा ७५ प्रतिशत व्यक्तिमा सङ्क्रमण नदेखिएको वैज्ञानिकले बताएका छन् ।

यसको अर्थ तेस्रो मात्रा खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने उनीहरुको भनाइ छ । यसअघि फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप फाइजरको तेस्रो मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको थियो ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएर अहिले विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा धेरै उत्परिवर्तन (म्युटेशन) भएको हो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया