कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने

 मंसिर २५, २०७८ शनिबार ११:२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोभ्याक्स सुविधामार्फत थप ६ लाख २० हजार डोज फाइजर खोप नेपाल आउने भएको छ ।

आउने पुस ९ गते थप ६ लाख २० हजार डोज  खोप नेपाल आइपुग्ने सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो ।  

उहाँका अनुसार कोभ्याक्स मार्फत फाइजरको खोप दोस्रो चरणमा खोप आउन लागेको हो ।

यसअघि कात्तिक ८ गते १ लाख ६ सय २० डोज फाइजर खोप आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो खोप १२ वर्ष माथिका दीर्घ रोगी र १९ वटा जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाहरुलाई दिएको थियो ।

अब आउने खोप ती जिल्लाका खोप पाउन बाँकी बालबालिकालाई दिइने जनाइएको छ । साथै, भोलि कोभ्याक्समार्फत १९ लाख ६५ हजार ६०० डोज मोडर्ना खोप आउँदै छ ।

 परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार पुस ४ गतेदेखि सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाउने तयारी गरिएको छ।

सरकारले ती जिल्लाका झण्डै १८ लाख बालबालिकालाई खोप लगाउने तयारी गरेको छ । त्यसका लागि विद्यालयमा नै खोप केन्द्र व्यवस्थापन गरिने बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया