‘ओमिक्रोन’का कारण सन् २०२२ मा स्वास्थ्य सङ्कट आउने ईयूको चेतावनी

 पुस २, २०७८ शुक्रबार ७:२०:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपेली सङ्घ (ईयू) को स्वास्थ्य निकायले सन् २०२२ को सुरु सम्ममा स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको छ ।

ईयूले कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारण स्वास्थ्य सङ्कट आउने चेतावनी दिएको हो ।

यो भेरियन्टका कारण युरोपमा अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

‘युरोपियन सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले भौतिक दूरी, मास्क र बुस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

महामारी अगाडि नै देशहरुलाई आफ्नो क्षमता बढाउन र आवश्यक सावधानी अपनाउन साथै महामारी नियन्त्रणका लागि आवश्यक प्रयास थाल्न ढिला गर्न नहुनेमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले जोड दिनुभएको छ ।     

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया