भोलिदेखि बालबालिकालाई काेराेना विरुद्धकाे खोप, कुन-कुन जिल्लामा ?

 पुस ३, २०७८ शनिबार ७:२५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भोलिदेखि ५७ जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको मोडर्ना खोप दिइँदैछ ।

प्रदेश-१ का ११, प्रदेश-२ का पाँच, वाग्मतीका सात, गण्डकी, लुम्बिनी, कर्णालीका नौ/नौ जिल्ला र सुदूरपश्चिमका सात जिल्ला गरी ५७ जिल्लामा बालबालिकालाई मोडर्ना खोप दिन लागिएको हो ।

प्रदेश-१ मा ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम र उदयपुर रहेका छन् ।

यस्तै प्रदेश-२ मा सिरहा, महोत्तरी, सर्लाही, रौतहट र बारा तथा वाग्मतीमा दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रामेछाप र मकवानपुरमा खोप दिने तयारी छ । यसैगरी गण्डकीका गोरखा, मनाङ, मुस्ताङ, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी पूर्व, स्याङ्जा र पर्वत जिल्ला तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया जिल्ला तोकिएको छ ।

यस्तै कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्ला तथा सुदूरपश्चिमका बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, अछाम र कञ्चनपुरमा बालबालिकालाई खोप दिन लागिएको मन्त्रालयले जनाएको छ । ५७ जिल्लामा भोलिदेखि १४ गतेसम्म मोडर्ना खोप दिन लागिएको हो ।

अरु जिल्लामा भने फाइजर खोप लगाइने र त्यसको तयारी भइरहेको मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरेको छ । सम्बन्धित वडाले विद्यार्थीलाई पायक पर्ने गरी विद्यालयहरुमा खोप केन्द्र निर्धारण गर्ने खोप शाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया