क्रिसमसका समयमा हुने यात्राले ओमिक्रोन भेरियन्ट थप फैलने अमेरिकी विशेषज्ञको चेतावनी

 पुस ५, २०७८ सोमबार ७:४७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् ।

कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी दिएका छन् । खोप लगाएकाहरुमा पनि सङ्क्रमणको जोखिम रहेको उनीहरुले बताएका बीबीसीले जनाएको छ । 'ओमिक्रोन थप फैलनेमा कुनै आशङ्का छैन' अमेरिकी विशेषज्ञ डाक्टर एन्टोनी फौसीले भन्नुभएको छ ।

उहाँले यो भेरियन्ट विश्वमा नै फैलँदै गएको भन्दै महामारी रोकथामका प्रभावकारी कार्यक्रम ल्याउनु पर्नेमा अमेरिकी सरकारलाई सुझाव समेत दिनुभएको छ । ओमिक्रोन भेरियन्ट अहिले विशेषगरी अफ्रिका र युरोपमा फैलिरहेको छ ।

जोखिम बढे पछि फ्रान्स र जर्मनीले यात्रामा प्रतिबन्ध लगाएका छन् भने नेदरल्यान्ड्सले क्रिसमससम्म लकडाउनलाई कडा पारेको छ ।

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया