कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक भएको सङ्केत

 पुस ९, २०७८ शुक्रबार ८:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो ।

प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमण भएका ३० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ ।

तर ‘ओमिक्रोन’ सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्नेबारे चिन्ता व्यक्त गरिएको छ । पब्लिक हेल्थ स्कटल्यान्डका कोभिड–१९ निर्देशक डा. जीम म्याकमेनानिनले यो एउटा सुखद समाचार भएको बताउनुभएको छ ।

दक्षिण अफ्रिकामा गरिएको अर्को अध्ययनले पनि ‘ओमिक्रोन’को लहर कम खतराको भएको देखाएको छ । ‘ओमिक्रोन’ कम घातक हुनुका कारण यसको बनोट र खोप वा सङ्क्रमणका कारण मानव शरीरमा बनेको प्रतिरोधी क्षमतालाई मानिएको छ । तर स्वास्थ्यका मापदण्ड पालनामा लापर्बाही गर्न नहुनेमा विज्ञले जोड दिएका छन् ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया