सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात

 पुस १०, २०७८ शनिबार १८:५५:४० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात भएको छ । जिल्लाको सल्लेरी आसपासका डाँडा, खुम्बु क्षेत्र, पत्ताले, पिकेडाँडा, रातनागी सहितका क्षेत्रमा आज हिमपात भएको हो ।

खुम्बुको लुक्ला नाम्चे, खुम्जुङसहितका क्षेत्रहरुमा बिहानैदेखि हिमपात भएको उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो । लुक्लामा करिब ६ इन्च हिउँ जमेको छ भने नाम्चे खुम्जुङसहितका क्षेत्रहरुमा १० देखि १२ इन्चसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

हिमपात हुने क्रम अहिले पनि जारी रहेकाले अझ धेरै हिउँ जम्न सक्ने सम्भावना रहेको उनीहरुको भनाइ छ । सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख भूमिराज उपाध्यायका अनुसार नाम्चे लगायतका ठाउँबाट देखिने डाँडाहरु हिमालझैँ सेताम्य बनेका छन् ।

सदरमुकाम सल्लेरीबाट देखिने लोदिङ, पत्ताले, खोरियाको माथिल्लो क्षेत्र, रोशी, रातनागी, फाप्लुसहितका क्षेत्रहरु पनि सेताम्य बनेका छन् । हिमपात भएसँगै स्थानीयवासी भने खुसी भएका छन् ।

हिमपात तथा वर्षातले बालिनाली सप्रने भएकाले कृषकलाई राहत मिलेको उनीहरुको भनाइ छ । अघिल्लो वर्ष पुसकाे तेस्रो हप्तामा मात्रै हिउँ परेको सोलुखुम्बुमा यस वर्ष एक हप्ता अघि नै हिमपात भएको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया