सोलुखोला जलविद्युत् आयोजनामा दुई इन्जिनियरको मृत्यु प्रकरण : छानबिन समिति गठन

 पुस १३, २०७८ मंगलबार २०:१३:३२ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको ज्यान गएकाे घटनाबारे छानबिन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । 

यस घटनाकाे वास्तविकता पत्ता लगाएर प्रतिवेदन पेस गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज मङ्गलवार सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिले घटनाको वास्तविकता पत्ता लगाइ भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो ।

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका ३ पञ्चनमा निर्माणाधीन सोलुखोला दुधकोसी आयोजनामा गएकाे आइतवार दिउँसो ३ बजेतिर पानी परीक्षण गर्ने क्रममा आयोजनामा कार्यरत इन्जिनियर धुलिखेल नगरपालिका ४ का २९ वर्षीय अर्जुन थापा र अछाम साँफेबगर २ का २६ वर्षीय सुवासराज रेग्मीको ज्यान गएकाे थियो ।

आयोजनाको पाइप लाइन परीक्षण गर्ने क्रममा वल्डिङ विस्फोट हुँदा थापा र रेग्मीको ज्यान गएकाे प्रहरीको प्रारम्भिक रिपोर्टले जनाएको छ । घटनामाा सिराहा औरही गाउँपालिका २ का २९ वर्षीय महमद जाबेतर राइन घाइते हुनुभएकाे छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया