हिमपातका कारण सोलु-ओखलढुङ्गा सडक खण्ड तीन दिनदेखि बन्द

 पुस १६, २०७८ शुक्रबार ९:१९:० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - हिमपातका कारण सोलु-ओखलढुङ्गा सडक खण्ड तीन दिनदेखि बन्द भएकाे छ ।

सडकमा बाक्लो हिउँ जमेका कारण गएकाे बुधवार बेलुकादेखि दुई जिल्ला बीचको सडक सम्पर्क टुटेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएकाे छ । 

सोलुखुम्बुको पत्ताले क्षेत्रको सडकमा जमेको हिउँ डाेजरले सोरेर आंशिक रुपमा सडक खुलाए पनि ओखलढुङ्गाको ठाडे क्षेत्रको सडक पूर्णरुपमा सञ्चालनमा आउन नसकेकाे प्रहरीले जनाएको छ ।

पताले र ठाडे क्षेत्रको सडकमा करिब डेढ फिट जति हिउँ जमेको स्थानीयले बताएका छन् ।

सडकमा हिउँ जमेकाले दुर्घटनाको जोखिम उच्च भएकाे प्रहरीले जनाएको छ । सडक बन्द भएसँगै सोलुखुम्बुबाट काठमाण्डौसहित विभिन्न जिल्लाका लागि छुट्ने तथा जिल्ला भित्रिने गाडी अलपत्र परेका छन् । सडक खुलाउने प्रयास भने भइरहेकाे प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया