चिसाे बढेसँगै एक्लिँदै खुम्बु क्षेत्र

 पुस १९, २०७८ सोमबार २०:४५:११ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु यतिखेर सुनसान बनेको छ । उच्च हिमाली क्षेत्रका स्थानीयवासी चिसाे छल्न अन्यन्त्र जाँदा खुम्बु क्षेत्र सुनसान बनेको हो । सिजनमा पर्यटकले भरिभराउ हुने लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्र चिसो सुरु भएसँगै एक्लिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।

यहाँका मानिसहरू चिसो छल्न मङ्सिर पहिलो हप्तादेखि नै काठमाण्डाै, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जाने गरेका नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो । खुम्बुमा मङ्सिरदेखि सुरु भएको अत्यधिक चिसो झन्डै फागुनसम्म नै रहिरहने भएकाले चिसो छल्न स्थानीयवासी अन्यत्रै जाने गरेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायका अनुसार खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दाले पर्यटन सिजन सकिनासाथ कात्तिक अन्तिम हप्तातिरबाटै खुम्बु छोडिसकेका छन् भने त्यसभन्दा तलका बस्तीहरू खुम्जुङ, नाम्चे, लुक्ला लगायतका स्थानीयवासी मङ्सिरको पहिलो हप्तातिर बाहिर गएका हुन् ।

यहाँका बासिन्दा जाडो छल्न धेरैजसो काठमाण्डाै गएका छन् । स्थानीयवासी फुरी शेर्पाका अनुसार लुक्ला, नाम्चे लगायतका लज सञ्चालकहरूले घरधनी बाहिर जाँदा काम गर्ने मानिसलाई घर जिम्मा लगाएका छन् भने कतिपयले घरमा ताल्चा नै लगाएर जाने गरेका छन् ।

तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाण्डाैसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका धेरैजसाे स्थानीयवासीकाे पहिलो रोजाइ काठमाण्डाै भएको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो ।

भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले मुस्किलले वर्षमा ६ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेकाे स्थानीयवासी बताउँछन् ।

कर्मचारीलाई बाध्यता

चिसो छल्न धेरैजसाे स्थानीयवासीले खुम्बु छोडिसक्दा कर्मचारीहरू भने खुम्बुमै रहेका छन् । स्थानीयबासीले सिजनमा पर्यटन व्यवसाय गर्ने र चिसोमा काठमाण्डौ लगायतका क्षेत्रमा गइ चिसो छल्ने गर्छन् भने कर्मचारीहरू त्यही बस्न बाध्य छन् ।

सिजनमा पर्यटकले खचाखच हुने खुम्बुमा अहिले मानिसहरूको चहलपहल नै नगन्य मात्रामा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताउनुभयो । उहाँका अनुसार नाम्चे क्षेत्रमा अहिले निकुञ्जका कर्मचारी, प्रहरी लगायतका व्यक्तिहरू मात्रै रहेका छन् । उनीहरू पनि धेरै समय आगो तापेरै बिताउने गरेको उहाँको भनाइ छ । हिमपातपछि तापक्रम घटेर माइनस ८ डिग्री सेल्सियससम्म पुगेको उपाध्यायले बताउनुभयो । चिसोले पाइपमै पानी जम्दा तातो पानी तताएर पाइपमा खन्याएपछि मात्रै धारामा पानी आउने गरेको कर्मचारीहरू बताउँछन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया