राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धन र एमालेका तीन/तीन जनाको उम्मेदवारी दर्ता

 पुस २०, २०७८ मंगलबार १७:१६:३१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा गठबन्धन र एमालेकाे तर्फबाट तीन/तीन जनाको उम्मेदवारी दर्ता भएकाे छ । यही माघ १२ गते हुने चुनावका लागि कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको तीन दलको गठबन्धन बनेको छ । कर्णालीमा तीन दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुनेछ । 

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (सुर्खेत), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र नेकपा एकीकृत समाजवादीका उदय बोहोरा (सल्यान) ले उम्मेदवार दर्ता गराएका हुन् । गुरुङले महिलाबाट, विष्टले अपाङ्गताबाट र बोहोराले अन्यबाट उम्मेदवारी दिएकी हुन् ।

 

मालेबाट खुलामा सुर्खेतका चूडामणि शर्मा, महिलामा जुम्लाकी गंगा महत र अल्पसङ्ख्यकबाट दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन् । 

कर्णालीमा एक महिला, अन्य एक र अपाङ्गता/अल्पसङ्ख्यक कोटामा गरी तीन सदस्यका लागि चुनाव हुन लागेको हो । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया