माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना सङ्क्रमण

 पुस २४, २०७८ शनिबार १०:१७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण भएको छ ।

प्रचण्डको निजी सचिवालयका अनुसार हिजो बेलुका गरिएको पीसीआर परीक्षणपछि सङ्क्रमण पुष्टि भएको हो ।

प्रचण्डले आफ्नै निवासमा आराम गरिरहनुभएको छ । उहाँको  स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिनुभयो । साथै प्रचण्डको सचिवालयले यसबीचमा प्रचण्डको सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । माओवादी केन्द्रले पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया