सोलुखुम्बुबाट १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी निर्यात

 पुस २७, २०७८ मंगलबार ११:४०:३४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - हिमाली जिल्ला सोलुखुम्बुबाट यस वर्ष १८ लाख रुपैयाँभन्दा धेरैको अकबरे खुर्सानी जिल्ला बाहिर निर्यात भएको छ ।

वैशाखदेखि मंसिरसम्ममा १२ मेट्रिक टन खुर्सानी जिल्ला बाहिर निर्यात भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार सोलुखुम्बुको अकबरे खुर्सानी पूर्वको धरान, मोरङसहित काठमाण्डौलगायतका सहरमा उच्च माग छ ।

खुर्सानीको माग बढेसँगै राम्रो आम्दानी हुने हुँदा किसान व्यावसायिक खेतीतर्फ लाग्न थालेका छन् ।

सोलुखुम्बुको नेचासल्यान, महाकुलुङ र सोताङ गाउँपालिकामा व्यावसायिक रुपमा खुर्सानी खेती हुँदै आएको छ । यसवर्ष अकबरे खुर्सानीको उत्पादन झण्डै ८ प्रतिशतले बढेको छ ।

गएको वर्ष १ सय ४० मेट्रिकटन उत्पादन भएकोमा यस वर्ष १ सय ५२ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुले जनाएको छ ।

गएको वर्ष २१ दशमलव ३ हेक्टरमा उत्पादन भएको केन्द्रका सूचना अधिकारी राईले जानकारी दिनुभयो।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया