शालीनदीमा हुँदै आएको माधवनारायण स्वस्थानी व्रतको यसवर्ष विधिमात्र पूरा गरिने

 पुस २९, २०७८ बिहिबार ७:३२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौको साँखु शालीनदीमा परम्परादेखि चल्दै आएको माधवनारायण स्वस्तानी व्रत यसवर्ष विधिमात्र पूरा गरिने भएको छ ।

कोरोनाको सङ्क्रमण जोखिम र सरकारले लागू गरेका स्वास्थ्यका मापदण्ड पालना गरी माधवनारायण व्रतको नित्य पूजा एवम् धार्मिक विधि मात्र पूरा गरिने माधवनारायण व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ।

एक महिना लामो व्रत बस्न साँखु आउने व्रतालुको लगत सङ्कलनको लागि नाम दर्ता एवम् ठाउँ व्यवस्थापन गरिने समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले जानकारी दिनुभयो । व्रतालुलाई साँखुबाट बाहिर पशुपति, फर्पिङ, पनौती र चाँगुनारायण लाने क्रममा आवश्यक सर सामान ओसार्नका लागि गाडीको व्यवस्था गरिएको छ ।

आवश्यक परे एन्टिजेन परीक्षणको व्यवस्था समेत समितिले नै गर्ने भएको छ ।  यस वर्ष माघ ३ गतेदेखि माधवनारायण व्रत सुरु हुनेछ ।     

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया