प्रहरीकै मिलेमतोमा पूर्व प्रेमिकाले बन्धक बनाएर पाँच लाख फिरौती उठाइन्

 भदौ २५, २०७५ सोमबार १८:२४:१४ | गोविन्द शर्मा
unn.prixa.net

बाँके –नेपालगञ्ज एकलैनीका अन्सारी थरका एक युवालाई पूर्व प्रेमिकाले प्रहरीको मिलेमतोमा होटलमा बन्धक बनाएर  फिरौती रकम लिएकी  छन् । 

घटनापछि दुईजना प्रहरी र युवतीलाई प्रहरीले पक्राउ गरेको छ । पीडित युवक भने घटनाका समयदेखि नै सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

गएको भदौ ५ गते बिहान अन्सारीलाई पूर्व प्रेमिकाले भेट्न बोलाइन् ।  विवाहित युवतीलाई भेट्न सुरुमा आनाकानी गरेका अन्सारी पछि नेपालगञ्ज राँझामा रहेको निशा होटलमा पुगे ।  

होटलभित्र पुगेको केही समयमै दुईजना प्रहरी होटलभित्र प्रवेश गरे । त्यतिञ्जेलसम्म अन्सारी आफूलाई फसाएकोमा अनविज्ञ नै थिए ।  तीनजनाको पूर्व योजना अनुसार अन्सारीलाई युवतीलाई बन्धक बनाई बलात्कार गरेको अभियोगमा फसाउने भन्दै १० लाख माग गर्छन् । तर अन्सारीले आफूसँग त्यति धेरै रकम नभएको भन्दा युवतीले नै सामाजिक बदनाम हुने भन्दै ५ लाखमा कुरा मिलाउन सकिन्छ भनिन् ।  अन्सारीले साथीभाइसँग मगाएर करिब चार लाख ५० हजार रुपैयाँ पुर्याए । त्यसपछि नपुग पचास हजार रुपैयाँ होटल सञ्चालक कृष्णकुमारी घर्तीसँग सापटी मागेर त्यहाँबाट उम्किए अन्सारी ।

तर होटल सञ्चालकले लामो समयसँग रकम नपाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिन्छिन् ।  अनुसन्धान अघि बढाउँदा प्रहरीले घटनामा प्रहरीकै मिलोमतो देखिएपछि  संघीय प्रहरी इकाई कार्यालयमा कार्यरत प्रहरी जवान ओमप्रसाद आचार्य, दङ्गा नियन्त्रण प्रहरी गण बाँकेमा कार्यरत प्रहरी जवान जगदीश बोहरा र बाँकेको बैजनाथ गाउँपालिका–४ की श्रोती हमाललाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक रमेश सिंहले घटनाबारे अनुसन्धान भैरहेको जानकारी दिनुभयो ।  पीडित भनिएका व्यक्ति आफुहरुको सम्पर्कमा नआएका कारण अनुसन्धान पूरा नभएको उनको भनाई छ । प्रहरीले पक्राउ परेकालाई जिल्ला अदालतबाट ६ दिनको म्याद थपेको जनाएको 
छ ।

अन्सारीलाई बन्धक बनाएर फिरौती लिएको अभियोगमा तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया