नेपाल टेलिकमकाे सोलुखुम्बु नेटवर्कमा समस्या, प्रयोगकर्ता मर्कामा

 पुस २९, २०७८ बिहिबार २०:१३:३ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – नेपाल टेलिकमकाे सोलुखुम्बु नेटवर्कको समस्याका कारण सेवाग्राही मर्कामा परेका छन् । दुई दिनदेखि टेलिकमको सोलुखुम्बु क्षेत्रको नेटवर्कमा समस्या आउँदा जिल्लाका सेवाग्राही मारमा परेका हुन् । 

हिजाे बुधवार बिहानदेखि नेपाल टेलिकमको नेटवर्कमा फोन नलाग्ने, लागे पनि आवाज नबुझिने लगायतका समस्या देखिएको प्रयोगकर्ताले गुनासो गरेका छन् । जसका कारण सञ्चार सेवाबाट आफूहरू वञ्चित हुनुपरेको उनीहरूको गुनासो छ । 

नेपाल टेलिकम सल्लेरी शाखाका प्रमुख महमद अकबर अलीले पत्ताले र ओखलढुङ्गाको बीचमा फाइबर तार चुँडिदा समस्या आएको बताउनुभएको छ । उहाँका अनुसार याे क्षेत्रको सडक मर्मतको क्रममा एक्स्काभेटरले टेलिकमको फाइबर चुडाउँदा नेटवर्कमा खराबी आएको हो । 

मर्मतका लागि नेपाल टेलिकम ओखलढुङ्गाबाट प्राविधिकसहितको टोली खटिसकेकाले भोलि शुक्रवारसम्ममा समस्या समाधान हुने नेपाल टेलिकम सल्लेरी सोलुखुम्बुले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया