पालिकाले खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउनुपर्ने, विदेशबाट आउनेलाई पाँच दिन क्वरेण्टीन अनिवार्य

 माघ ३, २०७८ सोमबार ७:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले खोप केन्द्र र एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पालिकालाई निर्देशन दिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेशमा माघ ७ गतेदेखि लागू हुने गरी खोप केन्द्र र परीक्षण बुथ राख्न निर्देशन दिइएको हो ।

पालिकाको स्वास्थ्य केन्द्रमा अनिवार्य रूपमा सातै दिन न्यूनतम १२ घण्टासम्म सञ्चालन हुने गरी कोभिड –१९ विरुद्धको खोप केन्द्र र एन्टिजेन परीक्षणको बुथ राख्नुपर्ने, महानगरपालिका र उपमहानगरपालिका तथा नगरपालिकाले जनघनत्वको आधारमा थप खोप केन्द्रहरू राख्नुपर्ने आदेशमा उल्लेख छ ।

यस्तै विदेशबाट नेपाल आउनेहरूमा कोरोना नेगेटिभ देखिए पनि पाँच दिन अनिवार्य क्वरेण्टीन बस्नुपर्ने भएको छ । विदेशबाट नेपाल आउनेले कोरोना परीक्षण गर्दा नेगेटिभ आए पनि पाँच दिनसम्म क्वरेण्टीन बस्नुपर्ने आदेशमा उल्लेख छ। 
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया