माघ १६ देखि २० गतेसम्म विद्यालयमा खोप अभियान चलाइने : अत्यावश्यक बाहेक राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको काम स्थगन

 माघ ४, २०७८ मंगलबार १९:८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - विद्यालयमा माघ १६ देखि २० गतेसम्म खोप अभियान चलाइने भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँडसहित स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय तथा सुरक्षा निकायका पदाधिकारीको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म खोप लगाउन विद्यालय खुला गर्ने र खोप अभियान चलाउने निर्णय गरेको गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले जानकारी दिनुभयो ।

गृह मन्त्रालयमा बसेको बैठकले कोरोना सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो । सीसीएमसीसीले यही माघ ७ गतेदेखि सार्वजनिक ठाउँमा खोप कार्ड अनिवार्य बोक्नु पर्ने निर्णय गरेको छ ।

बैठकमा लक्षित वर्गलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज कसरी पुर्याउने विषयमा पनि छलफल भएको छ । त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयहरूमा गर्ने कोइरालाले जानकारी दिनुभयो। त्यस्तै बैठकले जहाजमा यात्रा गर्नेहरूलाई टिकट काट्दा नै खोप कार्ड अनिवार्य देखाउनु पर्ने व्यवस्था गर्न भनेको छ ।

अनलाइन टिकट काट्नेले पनि खोप लगाएको कार्ड अनिवार्य अट्याच गर्ने व्यवस्था मिलाउनुपर्नेछ । बैठकले राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई भन्ने निर्णय गरेको छ । विदेशबाट नेपाल भित्रने नाकामा एन्टिजेन परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया