सोलुखुम्बुमा किवी उत्पादन बढ्यो

 माघ ५, २०७८ बुधबार १७:२८:५५ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु – सोलुखुम्बुमा अघिल्लो वर्षको तुलनामा यस वर्ष किवी उत्पादन ३ मेट्रिक टन वृद्धि भएको छ ।

गएकाे वर्ष ६५ मेट्रिक टन किवी उत्पादन भएको जिल्लामा यस वर्ष बढेर ६८ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी कुलबहादुर राईका अनुसार गएकाे वर्षको तुलनामा उत्पादन दिने बोटको संख्या बढेसँगै उत्पादनमा पनि वृद्धि भएको हो ।

अधिकारी राईले भन्नुभयोे–‘जिल्लामा पछिल्लो समय किवी खेती गर्ने किसानहरु बढ्दै छन्, तर रोपेको २/३ वर्षपछि मात्रै उत्पादन दिन्छ । केही वर्ष भित्रमा ती सबै बोटले फल दिन थालेपछि उत्पादनमा भारी वृद्धि हुने निश्चित छ ।’

सोलुखुम्बुमा हाल एक सय १५ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । जसमध्ये हाल ११ हेक्टर क्षेत्रफलमा लगाइएको किवीले उत्पादन दिन थालेको ज्ञान केन्द्रकाे तथ्यांक छ । 

जिल्लाको नेचाबेत्तघारी, नेचाबतासे, सल्यान, तिङला, गार्मा, साल्मे, सल्लेरी, तामाखानी, बेनी, फाप्लु, टाक्सिन्दु, नेले, काँगेल, मुक्ली, जुबु, देउसा, काँकु, बासा, खरिखोला, बुङ, छेस्काम, गुदेल, सोताङ, चौलाखर्क लगातका क्षेत्रमा किवी खेती हुने गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया