प्रधानमन्त्री देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

 माघ ७, २०७८ शुक्रबार ११:३४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।

सरकार गठन भएको ६ महिना पुगेको सन्दर्भमा उहाँले दिउँसो ३ बजे  राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

देउवा गएको असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । ६ महिने कार्यकाल सन्तोषजनक नभएको गुनासो भइरहँदा प्रधानमन्त्री देउवाले सम्बोधनमार्फत सरकारका उपलब्धिबारे जानकारी दिन लाग्नुभएको हो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

1 Comments

  • bhumiraj Dhakal

    Jan. 21, 2022, 1:50 p.m.

    काम पुरै जिरोले गुणन गर्ने छ अब के भनेर सम्बोधन गर्ने हुन फेरी ।न महङगि कम भाको छ, न बिदेशीको हस्तक्षेप बिरुद्द एक शब्द बोलेको छ ,जतातै अराजकता ब्याप्त छ कृपया सम्बोधन गर्दा रुमालले मुख छोपेर बोल्नु ल प्रधानमन्त्रि ज्यू।

  •  0 Reply

तपाईको प्रतिक्रिया