वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान

 माघ ८, २०७८ शनिबार १३:५६:५१ | मुना हमाल
unn.prixa.net

सुर्खेत –  कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिक ठाउँलगायतका ठाउँमा धेरैले मास्क नलगाएको पाइए पछि जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को आयोजनामा शनिबार ‘तपाईको मास्क खोई ?’ अभियान सुरु गरिएको हो । 

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा अभियान सुरु गरिएको छ । मुख्यमन्त्री शाहीले नागरिकहरुलाई कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन आग्रह गर्नुभयो । साथै उहाँले खोप केन्द्रहरुमा गएर खोप लगाउन पनि आग्रह गर्नुभयो । 

कोरोना तेस्रो लहर सुरु भएसँगै सुर्खेतमा पनि कोरोना संक्रमणको दर उच्च रहेको छ ।  सुर्खेतमा पाँच सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो तीनचार दिनमा कोरोना संक्रमण दर उच्च देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले अनुगमनका क्रममा मास्क नलगाएको पाइए पछि ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरिएको बताउनुभयो । उहाँले कोरोनाको जोखिम उच्च रहेकाले सर्तकता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘कोरोना संक्रमण तीव्र फैलिएको छ ।  तर जनस्वास्थ्यका मापदण्ड पालना गरेको देखिएन । मास्न नलगाउने, दुरी कायम नगर्ने र भिड गर्ने देखिएपछि हामीले यो अभियान सुरु गरेका हौँ ।’ उहाँले आज मात्रै निःशुल्क मास्क वितरण गर्नुका साथै सूचना गरे पनि भोलिदेखि मास्क नलगाउनेलाई कार्बाही गरिने जानकारी दिनुभयो । उहाँले प्रशासनले जनस्वास्थ्यका मापदण्ड पालना गर्न  सूचना प्रकाशित गरेर आग्रह गरिएको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया