ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको ज्यान गयाे, तीन जना घाइते

 माघ ९, २०७८ आइतबार १२:३८:४१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - ओखलढुङ्गामा गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा तीन जनाको ज्यान गएको  छ ।  तीन जना घाइते भएका छन् ।

ज्यान गुमाउनेमा सिद्धिचरण नगरपालिका-१ की ७ वर्षीया युनिषा कोइराला, १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका-१ मोलीका ३० वर्षीय हेमबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

आज बिहान ओखलढुङ्गाकाे गहतेबाट सदरमुकामतर्फ आउँदै गरेको १ ज ३५६९ नम्बरको जीपलाई नारायणस्थलको सोतीभिरमा डोजरले निकालेको ढुङ्गा पल्टिएर किचेकाे हाे ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्दराज काफ्लेका अनुसार जीपमा रहेका देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला घाइते भएका छन् ।

सिद्दिचरण नगरपालिका-३ मा सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुङ्गाले सडकमा गुडिरहेको जीपलाई किचेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डाै पठाउने तयारी भइरहेको डीएसपी काफ्लेले बताउनु भयो। 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया