सोलुखुम्बुमा अलैँची उत्पादन १७ प्रतिशतले घट्याे

 माघ ११, २०७८ मंगलबार ९:५८:१५ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

गएकाे वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन १७ दशमलव ८५ प्रतिशतले कमी हो ।

अलैँचीमा रोग किराले दुःख दिनु, मूल्यमा गिरावट आउँदा कृषकहरुले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनु जस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ । पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार अलैँचीले सामन्यतया ३/४ वर्षसम्म राम्रो उत्पादन दिने भए पनि ८/१० वर्ष पुरानो बोटहरु धेरै हुँदा पनि भनेजस्तो उत्पादन हुँदैन । अलैँचीलाई ४/५ वर्षपछि पुरानो बोटलाई मासेर नयाँ विरुवा लगाउनुपर्ने भए पनि मूल्य घटेकाले कृषकहरुले यसको खेतीमा ध्यान नदिएको सूचना अधिकारी राईको भनाइ छ । मूल्य घटेसँगै पुरानो बोट मासेर नयाँ विरुवा लगाउनमा कृषकहरु अग्रसर नदेखिएकाले वर्षेनी उत्पादन घटने क्रममा रहेको उहाँको भनाई छ ।  

जिल्लाको गोली, भकान्जे, चौलाखर्क, बुदेल, बुङ, सोताङ, अधेरी लगायतका क्षेत्रमा व्यावसायिक रुपमा अलैँची खेती हुने गरेको छ । गोली भकान्जे, चौलाखर्क, बुङ, गुदेल लगायतका क्षेत्रलाई तत्कालीन कृषि विकास कार्यालय सोलुखुम्बुको कार्यसमितिले अलैँची पकेट क्षेत्र नै घोषणा गरेको थियो । विगतमा अलैँचीको मूल्य बढ्दा हौसिएका कृषकहरु पछिल्लो समय निरास  भएका छन् । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया