स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि सोताङ अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

 माघ ११, २०७८ मंगलबार २०:२९:५० | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु – सोलुखुम्बुको सोताङ अस्पतालको सेवा एक हप्ताका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत आठ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आज मङ्गलवारदेखि एक हप्ताका लागि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

हिजाे सोमवार गरिएको एन्टिजेन परीक्षणका क्रममा स्वास्थ्यकर्मीहरूमा सङ्क्रमण पुष्टि भएको सोताङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक श्रीध्वज राईले जानकारी दिनुभयो ।

पालिकामा सङ्क्रमण दर तीव्र गतिमा फैलिँदै गएकाले स्वास्थ्य सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ । अहिले सोताङ गाउँपालिकामा कोरोनाका २६ जना जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया