राष्ट्रिय सभा चुनाव : कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी

 माघ १२, २०७८ बुधबार १८:५५:४६ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राष्ट्रिय सभा सदस्यमा कर्णालीमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । आज बुधवार भएको चुनावमा गठबन्धनका उम्मेदवारहरू विजयी भएका हुन् ।  

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (महिला), नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट (अपाङ्गता) र नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा (खुला) राष्ट्रिय सभा सदस्य पदमा विजयी हुनुभएको हो । गुरुङले तीन हजार दुई हजार ९ सय ७० मतभार, विष्टले तीन हजार ६ र बोहोराले तीन हजार ६ मतभार ल्याएर विजयी हुनुभएको हो । कर्णालीमा तीन सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो । 

एमालेका चुडामणि शर्मा (खुला), गंगा महत (महिला) र पदमबहादुर माझी (अल्पसङ्ख्यक) ले उम्मेदवारी दिनुभएको थियो । चुनावका लागि कर्णालीमा गठबन्धका तीन दल र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो ।  कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धन गरेका थिए । 

कर्णालीमा राष्ट्रिय सभा सदस्यका लागि भएको चुनावमा १ सय ९१ मतदातामध्ये १ सय ८९ जनाले मत खसालेका थिए । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया