साेलुखोला जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना, १ कामदार बेपत्ता, १ घाइते

 माघ १३, २०७८ बिहिबार १३:२२:५७ | सुवास दर्नाल
unn.prixa.net

निर्माणाधीन साेलुखाेला जलविद्युत आयाेजना

सोलुखुम्बु – निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकाेशी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक कामदार बेपत्ता भएका छन् ।

आज (बिहिवार) बिहान थुलुङ दुधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना कामदार हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरी रहेको घटना स्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको उद्धार गरि उपचारका लागि एम्बुलेन्स मार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ ।

बिहान ५ बजेको समयमा सुरुङ भित्र पेनस्टक पाइप बिछ्या्उन जानेक्रममा सामाग्री सहित चार जना कामदार चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ । घटनामा अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो । हराइरहेका चौधरीको खोजी कार्य जारी रहे पनि अन्य निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ ।

सुरुङ मार्ग भित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया