सोलुखोला दूधकोसी जलविद्युत् आयाेजनाकाे सुरुङमा ४० घण्टादेखि एक कामदार बेपत्ता

 माघ १४, २०७८ शुक्रबार २०:६:४८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – निर्माणधीन ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङ मार्गमा ४० घण्टाभन्दा बढी समयदेखि बेपत्ता कामदारको अवस्था अझै थाहा हुन सकेकाे छैन । हिजाे बिहीवार बिहान झन्डै ५ बजेकाे समयमा सुरुङभित्र जाने क्रममा बेपत्ता बाराको कोलभी नगरपालिका १ का २४ वर्षीय राकेश चौधरीको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

चौधरीको खोजीका लागि हिजाेदेखि नै नेपाल प्रहरीका १४ र नेपाली सेनाका १२ जना टोली परिचालित भए पनि सुरुङभित्रको कुन क्षेत्रमा बेपत्ता भएको हो भन्ने पत्ता लाग्न नसक्दा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कटवालले जानकारी दिनुभयो । खोजीका लागि झन्डै दुई सय मिटर गहिरो सुरुङभित्र प्रहरी र सेनाको टोली साधन–स्राेतसहित सक्रिय भए पनि अहिलेसम्म फेला पार्न नसकिएको घटनास्थल पुगेर फर्किनुभएका डीएसपी कटवालले बताउनुभयो ।

हिजाे सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा एक जना बेपत्ता भएका हुन् भने एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । घाइते पर्साको पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको काठमाण्डौमा रहेकाे ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ । थुलुङ दूधकोसी गाउँपालिका ३ पञ्चनमा निर्माणाधीन यस हाइड्रोपावरमा झन्डै एक महिनाअघि गएकाे पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया