सोलुखोला दूधकोसी हाइड्रोपावरको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटियो

 माघ १६, २०७८ आइतबार ८:३६:१८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको सुरुङमा बेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ ।

निर्माणाधीन ८६ मेगावाटको हाइड्रोपावरको सुरुङमा बिहीवारदेखि बेपत्ता बारा कोलभी नगरपालिका–१ का २४ वर्षीय राकेश चौधरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

बिहीवार सुरुङ मार्गमा जाने क्रममा बकेट चुडिँदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका–४ का २० वर्षीय अङ्गत राय थारु घाइते भएका थिए । घाइतेको काठमाण्डौमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ।

थुलुङ दूधकोसी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन हाइड्रोपावरमा एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाइसकेका छन् । यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इञ्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया