सिट व्यवस्थापन नभएको भन्दै राप्रपाकी प्रदेश सभा सदस्य शाही बैठक छाडेर बाहिर

 माघ १६, २०७८ आइतबार १६:१:४ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सदस्य साेशिला शाहीले आफ्नो पार्टीलाई प्रदेश सभा बैठकमा सिट व्यवस्थापन नगरेको भन्दै बैठकबाट बाहिरिनुभएको छ ।

प्रदेश सभा सदस्य शाहीले राप्रपालाई प्रतिपक्षको मान्यता दिए पनि सिटको व्यवस्था नहुँदा आफू पछाडि बस्नुपरेको र सिट व्यवस्थापन नभएसम्म बैठकमा सहभागी नहुने भन्दै बाहिरिनुभएको हो । उहाँ बैठकबाट बाहिरिएपछि कर्णाली प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

उहाँले प्रदेश सभामा राप्रपालाई स्थान नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । अरू प्रदेश सभा सदस्यले अगाडि आएर  सिट ओगटेर बस्ने र आफू अन्तिममा बस्नुपरेको बताउनुभयो । शाहीले आफूले कर्णालीको विकास, समृद्धि र निमुखा जनताको बारेमा प्रतिपक्षको भूमिकामा रहेर धारणा राख्न पाउनुपर्ने उल्लेख गर्नुभयो । 

उहाँले सिट व्यवस्थापन गरेर मात्रै बैठकमा बोलाउनू भन्दै बैठक छाडेर हिँड्नुभएको हो । ‘मेलै सरकारलाई विश्वासको मत दिए भन्दैमा सत्ता पक्ष हुने र तटस्थ बस्दैमा एमालेलाई सहयोग गरेको भन्ने ? मैले जाने कहाँ ? उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘अगाडि आएर मेराे सिट ओगटेर बस्नुभएको छ । आज म अहिले यत्तिकैमा जान्छु सभामुख महोदय, सिट व्यवस्था होस्  । सिट व्यवस्था भएपछि फेरि आउन पाइए पछि आउँला । नपाइए नआउँला । मेरो आवश्यकता भए पछि बोलाउनुहोला ।’ 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया