साेलुखुम्बु : सब–इन्जिनियरलाई कालाेमाेसाे दलेर जुत्ताकाे माला लगाइदिने ६ जना पक्राउ

 माघ १८, २०७८ मंगलबार १६:४४:५५ | सुवास दर्नाल
unn.prixa.net

साङ्केतिक तस्बिर

सोलुखुम्बु – शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका सब–इन्जिनियरलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यालयका सब–इन्जिनियर पवनकुमार यादवलाई हिजाे सोमवार कालोमोसो र जुत्ताको माला लगाइदिने नाै जनामध्ये ६ जनालाई आज मङ्गलवार सदरमुकाम आसपासका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय मानव राईसहित अन्य पाँच जना २० वर्षभन्दा कम उमेरका विद्यार्थीहरू रहेका छन् । उनीहरूमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अन्य तीन जना भने फरार रहेकाले खोजी भइरहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का नाै जना कार्यकर्ताले हिजाे दिउँसो १ बजे कार्यालय परिसरमा यादवमाथि दुर्व्यवहार गरेका थिए ।

जिल्लाको महाकुलुङ गाउँपालिकाको ६ वटा विद्यालय भवन पुनर्निर्माण गर्ने क्रममा सबइन्जिनियरहरू पवनकुमार यादव र नवीनकुमार सिंहले आर्थिक भ्रष्टाचार गरेको उनीहरूको आरोप छ । रकम तत्काल फिर्ता गर्न पटक/पटक ताकेता गर्दा समेत बेवास्ता गरेकाले साङ्केतिक कारबाही गरिएको कार्यालय अगाडि टाँसिएको विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया