सोलुखुम्बुकाे सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प

 माघ २१, २०७८ शुक्रबार ८:३९:१९ | सुवास दर्नाल
unn.prixa.net

फाइल तस्बिर

सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा भारी हिमपात भइरहेको छ ।  सल्लेरीलगायत अन्य क्षेत्रमा गएरातिदेखि नै भारी हिमपात भइरहेको छ । 

सडकमा बाक्लो हिउँ जमेका कारण गाडी चल्न सकेका छैन भने काठमाण्डौ लगायत बाहिरी जिल्लामा जाने गाडी चल्न नसकेको यातायात व्यवसायी दोर्जी शेर्पाले बताउनुभयो । 

सडक मार्गबाट सोलुखुम्बु भित्रिने एक मात्र नाका पत्ताले क्षेत्रको सडकमा करिब २ फिट जति हिउँ जमेकाले तत्काल गाडी चल्ने सम्भावना कम रहेको शेर्पाले बताउनुभयाे । 

हिमपातपछि सदरमुकाम सल्लेरी, फाप्लु, नयाँ बजार लगायतका क्षेत्रमा हिउँ खेल्न मनिसहरु सडकमा निस्कन थालेका छन् भने हिउँ पर्ने क्रम झनै बाक्लिँदै गएको स्थानीय रमेश राइले बताउनुभयो । खुम्बु क्षेत्रमा करिब ११/१२ दिनयता दैनिकजसो नै हिमपात भइरहेको छ भने गएरातिदेखि सुरु भएको भारी हिमपातले जनजीवन प्रभावित भएकाे छ । 

यस क्षेत्रमा बाक्लो हिउँ जमेका कारण मानिसहरू घर बाहिर निस्कन समेत मुस्किल भइरहेको  सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख भूमिराज उपाध्यायले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया