कर्णालीमा नवनियुक्त ५ मन्त्रीले लिए शपथ

 माघ २३, २०७८ आइतबार १९:३८:२ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आज आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गाेपनीयताकाे शपथ लिए ।  

कर्णालीमा तीन दलीय गठबन्धनको सरकार गठन भएको तीन महिनापछि थप पाँच मन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसबाट कात्तिक १६ गते जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । यसअघि दुई मन्त्री नियुक्त भइसकेका थिए । आज कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवाद पार्टीबाट एक मन्त्री थपिएका हुन् ।  

कांग्रेसबाट यज्ञबहादुर बुढा सामाजिक विकास मन्त्री, र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएकाे हाे । यस्तै माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा र गैरसांसद छिरिङ डम्डुल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएकाे हाे । एकीकृत समाजवादीका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बन्नुभएकाे हाे । 

यसअघि आजै मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच मन्त्रीको नाम प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएकाे थियाे । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया