सोलुखुम्बुका पत्रकारलाई आत्मरक्षा तालिम दिँदै प्रहरी

 माघ २४, २०७८ सोमबार १५:४३:२७ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुमा कार्यरत क्रियाशील पत्रकारहरूलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले आत्मरक्षा तालिम दिन थालेको छ । पत्रकारहरूले समाचार सङ्कलनका क्रममा सामना गर्नुपर्ने असुरक्षालाई मध्यनजर गर्दै आज (सोमवार) देखि प्रहरीले तालिम दिन सुरु गरेको हो । 

आज प्रहरी नायब उपरीक्षक (डीएसपी) कवित कट्वालसहितको टोली सञ्चार गृहमै पुगेर पत्रकारहरूलाई तालिम दिएकाे हाे । सदरमुकाममा सञ्चालित सोलु एफएमबाट सुरु भएको तालिम अन्य सञ्चार गृहहरूमा पनि सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

समाजमा भएका गलत कामहरूलाई बाहिर ल्याउने क्रममा विभिन्न चुनौतीको समना गर्नुपर्ने भएकाले पत्रकारहरूलाई आत्मरक्षा तालिम आवश्यक रहेको डीएसपी कट्वालले बताउनुभयो । समाचार सङ्कलनका क्रममा कसैले भौतिक आक्रमण गरे कसरी बच्ने, सङ्कलन गरिएका समाचार सामग्रीहरूको संरक्षण कसरी गर्ने लगायतका सीपहरू तालिममा प्रदान गरिएको छ ।

प्राप्त तालिमले समाचार सङ्कलनमा आइपर्न सक्ने सम्भावित असुरक्षाकाे सामना गर्न मदत पुग्ने सञ्चारकर्मीहरूको विश्वास छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सूचना आदनप्रदानमा सहयोग तथा समाचार सङ्कलनमा पत्रकारहरूको सुरक्षाको भरपर्दो व्यवस्थापनका लागि सञ्चार गृहरूसँग दुई पक्षीय सम्झौता नै गरेको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया