खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क आउने–जाने भइरहँदा सेवाग्राही मर्कामा

 माघ २७, २०७८ बिहिबार १५:४०:० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा सेवाग्राही मर्कामा परेका छन्। एक हप्तायतादेखि नेटवर्क आउने–जाने भइरहँदा खुम्बु क्षेत्रमा सञ्चार सेवा प्रभावित भएकाे स्थानीय बासिन्दाले बताएका हुन् ।

खुम्बुमा नेपाल टेलिकमको एनटीसी र एडीएसएल फोन सेवा बारम्बार बन्द भइरहँदा कार्यालयको सेवामा समेत समस्या भएको स्थानीयवासी अमृत मगरले बताउनुभयो । एडीएसएल फोन सेवा प्रभावित भएसँगै इन्टरनेट सेवा समेत प्रभावित हुने भएकाले कार्यालयको काम नै प्रभावित हुने गरेको नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयको प्रायजसाे कार्यहरु इमेल इन्टरनेटको माध्यमबाट हुने भएकाले फोन र इन्टरनेट बन्द हुने बित्तिकै विमानस्थल कार्यालयकाे काम नै अस्तव्यस्त हुने गरेको लुक्ला विमानस्थलका निमित्त प्रमुख विक्रम सिंह बस्नेतले बताउनुभयो।

सोलुखुम्बुको क्याम्जे टावरको अटो ब्याकपले काम नगर्दा खुम्बु क्षेत्रको नेटवर्क प्रभावित बनेको नेपाल टेलिकम ओखलढुङ्गाका प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो । त्यस क्षेत्रमा परेको बाक्लो हिमपातले गर्दा केही दिनयता क्याम्जे टावरमा जान नसकेको कारण ब्याकप सञ्चालन गर्न नसकेकाे उहाँले बताउनु भयाे । 

आफूले टेलिकम शाखा सल्लेरीलाई समस्या समाधानका लागि निर्देशन दिइसकेकाले  पन्थीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया