हिउँ पन्छाएपछि खुल्यो जोमसोम–लोमान्थाङ सडक (तस्बिरहरू)

 माघ २८, २०७८ शुक्रबार १५:३७:१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – गएको बिहीवार र शुक्रवार परेको हिउँका कारण बन्द जोमसोम–लोमान्थाङ सडक आज (शुक्रवार) देखि खुुलेको छ । दुई दिन लगाएर डोजरको सहायतामा सडकमा जमेको हिउँ पन्छाएपछि सडक सञ्चालनमा आएको हो । 

मुस्ताङको बाह्रगुङ मुुक्ति क्षेत्र गाउँपालिकाको समरदेखि लो–घेकर दामोदर कुण्ड गाउँपालिकाको केन्द्र चराङसम्मको सडकमा जमेको हिउँ पन्छाएर सडक खुलाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सडकमा जमेको बाक्लो हिउँ डोजरले कोतरेर फालेपछि सडक सञ्चालकमा आएको हो । 

सडकमा जमेको हिउँ पन्छाएर एक हप्तादेखि बन्दसडक खुलाइएको लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शोभा पुनले बताउनुभयो । उहाँले सडकमा झन्डै दुई फिटसम्म जमेको हिउँ पन्छाएर सडक खुलेपछि आज बिहानैदेखि जीप, ट्रक र ट्र्याक्टर चल्न थालेको जानकारी दिनुभयो । पहिलो दिन चराङदेखि स्याङ्बोचे र दोस्रो दिन स्याङ्बोचेदेखि समरसम्म सडकको हिउँ पन्छाइएको थियो । 

सडकमा जमेको हिउँ पन्छाएर सडक सफा गरेपछि बीचमै रोकिएका सवारीसाधन तथा मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । सडकमा जमेको बाक्लो हिउँका कारण दैनिक उपभोग्यलगायत खाद्यान्न तथा मालसामान र विकास निर्माणका सामग्री बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका थिए । 

हिमपातले कतै उत्साह छाएको भए पनि हिमाली क्षेत्रमा भने लामो समयसम्म हिउँ रहने हुँदा स्थानीयवासीलाई सास्ती हुने गरेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत जोमसोम–कोरला सडकको एक सय १० किलोमिटर दुरी रहेको छ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया